Blog Single

कम्पयुटर ईन्जिनियरिङ्ग (९-१२) मा नयाँ भर्ना सम्बन्धी सूचना

शैक्षिक सत्र २०८० का लागी यस श्री त्रि-शहीद नमुना मा.वि मा कक्षा नर्सरी देखी कक्षा ९ सम्म भर्ना सुरु भएको छ ।

यस विद्यालयमा कक्षा ८ सम्ममा अङ्ग्रेजी माध्याममा अध्यापन हुने गरेको छ भने । कक्षा ९ देखी प्राविधिक र साधारण धार गरी दुई धारमा अध्यापन हुने गरेको छ।विगत १० वर्ष देखी यस विद्यालयमा (९-१२) कम्पयूटर ईन्जिनियरिङ्ग विषय पढाई हुँदै आईरहेको छ । कक्षा ९ मा प्राविधिक धारमा भर्ना हुन चाहने विद्यार्थीहरुले प्रवेश परिक्षा उतिर्ण गरी पढ्न पाउनेछन र १२ पढिसक्दा डिप्लोमा कम्पयुटर ईन्जिनियरिङ्ग सरहको मान्यता प्राप्त गर्छन र विभिन्न जागिरमा अवसर पाउनका साथै उनिहरु आफ्नै व्यवसाय पनि गरेर वस्न सक्छन । प्राविधिक धार ९-१२ पढ्नुपर्ने भएतापनी कोहि विद्यार्थी कारणवस धार परिवर्तन गर्नुपरे १० पछाडी धार परिवर्तन गर्न सक्छन तर उनिहरुले डिप्लोमाको समकक्षता भने पाउदैन्न। 

प्राविधिक धार पढेर के गर्न सकिन्छ भन्ने विषयमा लेखिएको लेख तल राखिएको लिङ्क मार्फत पढ्न सक्नुहुनेछ ।

यदि तपाई २१ औँ शताब्दीमा धेरै माग रहेको प्राविधिक धारमा आफ्ना छोराछोरीलाई पढाउन चाहनुहुन्छ भने गाउँठाउँमा रहेको प्राविधिक शिक्षा दिन सक्नुहुनेछ जसमा सबै लगानी सरकारको हुन्छ र तपाँईको आर्थीक लगानी शुन्य सरह हुन्छ ।

प्राविधिक धार पढेर १२ पछाडी स्नातक तहमा भर्ना हुदा चिकित्सा विज्ञान वाहेक का कुनैपनि विधामा भर्ना हुन केही सम्स्या हुदैन र सजिलै पढाईलाई निरन्तरता पनि दिन सकिन्छ । 

हालको अवस्थामा  विद्यालयले विभिन्न जेहेन्दार विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृतिको पनि व्यवस्था गर्दै आईरहेको छ । साथै विद्यालयमा दर्वन्दी नै तोकि नर्सको व्यवस्था पनि गरिएको छ जस्ले गर्दा विद्यार्थि र शिक्षक दुवैको सवास्थ्य अवस्था जाँच साथै Hygiene Check पनि हुने गरेको छ। यस सँगै विद्यार्थी को चौतर्फि विकासका लागि विद्यालयले छुट्टै संगित शिक्षको पनि व्यवस्था गरेको छ   । टाढा बाट आउने विद्यार्थीका लागी विद्यालयले यसै शैक्षिक सत्र देखी छात्रावास को पनि व्यवस्था गरेको छ। 

आफ्ना छोरा छोरीलाई समयअनुसारको प्राविधिक धारमा भर्ना गर्न चाहनुहुन्छ अर्थात यस्को बारेमा विस्तृतमा बुझ्न चाहनुहुन्छ भने तल दिईएको फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।


टेक नाथ खनाल (सूचना अधिकारी/सहायक प्र.अ): ९८४६०९५५७४

मोहन कुमार ढकाल (प्राविधिक धार प्रशिक्षक): ९८६२७९०७२४

Download Notice

2023-04-1803:17:59varna_suchana.jpg Download