Blog Single

कक्षा (९-१२) प्राविधिक धार किन पढ्ने र पढेर के गर्न सकिन्छ?

कम्पयूटर ईन्जिनियरिङ्ग भन्ने बित्तिकै हामिहरु धेरैको दिमागमा आउने भनेको कम्पयुटर बनाउने प्राविधिक नै होला। अझै पनि हामि कसैले बाबु त ईन्जिनियर हो रे भन्ने वित्तिकै त्यसलेत घर, बाटो को नक्सा बनाउने भन्ने सोच्छौ तर त्यो ईन्जिनियरिङ्ग को एउटा सानो हिस्सा मात्र हो। २१ औँ शताब्दिले हामिलाई प्रविधिले जसरी जोडेको छ त्यसमा यिनै कम्पयुटर ईन्जिनियरहरुको ठुलो देन छ । जो हामिले बिरलै बुझेका छौँ ।नेपालमा ईन्टर्नेट सुरुवात सन १९९५ मा भएको भए पनि दुरदराज का गाउँमा बस्ने हरुले त्यसलाई  खासै महसुस गर्न सकेका थिएन्न जब स्मार्टफोनहरु आउन थाले र ईन्टर्नेटको गति सुधार र विस्तार व्यापक हुन थाल्यो तब विभिन्न सामाजिक सञ्जालको उदय हुन थाल्यो । अब त यस्तो अवस्था आईसकेको छ कि तपाँईलाई फेस्बुक नहेरी निद्रा लाग्दैन, तपाँईका बच्चा बच्ची फोन नहेरी खाना खादैन्न।नेपालको ईतिहासमा प्रविधि ले यो फड्को मार्न मात्र २ दशक लागेको विभिन्न त्थय हरुले देखाँउछ।प्रविधिमा हामि यो स्थान मा छौ भने सोच्नुस विकसित देश हरु कता होलान। जब केहि कुरा धेरै प्रयोग हुन्छ र त्यसको माग बढ्न थाल्छ स्वभाविक रुपमा त्यसमा काम गर्नका लागि जनसक्ति आवश्यकता हुन्छ जुन नेपालको अवस्थामा प्याप्त देखिँदैन। हरेक वर्ष नेपालका विभिन्न सरकारी निकाय जस्तै पालिका,अदालत, प्रहरि, बैंक, धितोपत्र बोर्ड,विद्यालय मा सुचना प्रविधि विज्ञको माग भैरहेको हुन्छ र यो दिन प्रतिदिन बढिनै रहेको देखिन्छ ।
कम्पयुटर ईन्जिनियरिङ्ग (९-१२) मा कस्ता कस्ता प्राविधिक विषय पढाई हुन्छ ?

माद्यमिक तहमा ९ र १० मा गरि जम्मा ८ वटा प्राविधिक विषय हरु समावेश छन । यि विषयहरु अनिवार्य विषयहरु सँगै पढ्नुपर्ने विषयहरु हुन।

 कक्षा ९ मा
·      Programming Principle and Concept in C Language
·      Fundamentals of Computer and Application
·      Fundamentals of Electro-System.
·      Website Design 

कक्षा १० मा
·      Data Structure and OOP using C++
·      Computer Hardware,Electronic Repair and Maintenance.
·      Database Management System.
·      Digital Design and Microprocessor

छन भने ११ र १२ मा
·      JAVA Programming
·      Web and Mobile Application Development
·      Computer Organisation and Architecture
·      Operating System
·      Visual Programming in C Sharp
·      Contemporary Technology
·      Software Engineering and Project
जस्ता विषयहरु छन। 
 
साधारण विषय हरु जोडेर सरसर्ति हेर्दा कोर्ष धेरै होकि जस्तो देखिन्छ तर व्यवहारिक तरिकाबाट अध्यय्न लाई अगाडी बढाउने हो भने सूचना प्रविधिको धेरै हिस्सा यस कोर्ष ले ओगटेको देखिन्छ । कोर्ष को डिजाईन मा पनि Practical र Theory लाई बराबर ध्यानमा राखि ५०/५० अंकभार छुट्टयाईएको छ, जस्ले अझै यसलाई व्यवहारीक बनाउने अपेक्षा गर्न सकिन्छ। हरेक शैक्षिक सत्रको अन्तिममा व्यवहारिक अभ्यास(OJT) पनि गराईन्छ जस्ले विद्यार्थिलाई सुचना प्रविधिको वास्तबिक काम बुझ्न र जागिर तथा व्यवसाय गर्न सहयोग पुर्याउँछ।
 
कोर्ष सकिए पश्चात कस्तो जागिर अथवा व्यवसाय गर्न सकिन्छ ?
निजि, सरकारी संस्थामा विभिन्न जागिरको अप्सन मध्य आई.टि पनि एउटा उदाउँदो संकायका रुपमा पछिल्लो समयमा देखिएको पाईन्छ।

सरकारी निकायको कुरा गर्ने हो भने गाउँपालिका, नगरपालिका, स्वास्थ्य संस्था, विभिन्न वित्तिय निकाय जस्ता थुप्रै निकाय सूचना प्रविधी टेक्निसियन हुरुको माग भैरहेकै हुन्छ। नेपाल प्रहरिले  २०७८ मा मात्र १७ जना प्राविधिक प्रहरी नायब निरिक्षक पदको विज्ञापन गरेको थियो जस्को शैक्षिक योग्यता डिप्लोमा कम्पयुटर तथा आई.टि ईन्जिनियरिङ्ग थियो।  यसका साथै कम्पयुटर अपरेटर पनि धेरैका लागि एउटा जागिरको अप्सन बन्न सक्छ, जस्को माग अहिले ह्वात्तै बढेको देखिन्छ ।यसका साथै अहिले प्राविधिक विद्यालयको विस्तार पनि भैरहेको र प्रशिक्षक को अभाव पनि विभिन्न ठाँउमा देखिँदै आएको छ र यस्ले पनि विद्यार्थिहरुलाई अस्थायि भएतापनि राम्रो आम्दानि गर्ने अवशर दिन सक्छ।  यदि यसैमा स्नातक गर्नुभयो भने त झन यसमा तपाँईलाई जागिर का अनेकन अप्सन हरु उपल्ब्ध छन ।

अब निजि संस्था तिर हेर्ने हो भने कम्पयुटर टेक्निसियन/आई.टि टेक्निसियन, मोबाईल एप डेभलपर, ग्राफिक डिजाईनर, भिडियो एडिटर,कन्टेन्ट राईटर जस्ता जागिर मा अवसर पाउन सकिन्छ। यसो भन्दै गर्दा आँफुले मेहन्त नगर्ने हो र बाहिरि कुरा नसिक्ने र आई.टि उधोग लाई राम्रो सँग नबुझ्ने हो भने चै यता जागिर खान तेति सजिलो चै छैन। 

साथै केहि विद्यार्थिहरु अहिले सामाजिक सञ्जाल YouTube, Facebook, Tiktok लाई सदुपयोग गरेर पनि राम्रो आम्दानि गर्न सफल छन। सामाजिक सञ्जाल को बढ्दो दुरुपयोग भैरहेको बेला  यसलाई प्रयोग गरेर आम्दानि गर्नु पनि एउटा ठुलो कुरा मान्नुपर्छ। केहि विद्यार्थि हरु भने  फोटो स्टुडियो, ईलेक्रटिकल रिपेयर मेन्टिनेन्स, मोबाईल कम्पयटर मर्मत जस्ता काम गर्न सआफ्नै  व्यवसाय खोलेर पनि राम्रो आम्दानि गरेको देख्न सकिन्छ।

सारांश
अन्तिममा कुनै पनि संकाय आँफैमा राम्रो नराम्रो हुँदैण आज मेडिकल मा भएका जनशक्ति पनि बेरोजगार छन तर सामान्य शिक्षा संकाय पढ्ने हरु पनि राम्रो आम्दानि गरिरहेको देखिन्छ । सूचना प्रविधि को क्षेत्रमा अरुभन्दा बढि अवसर त छ नै तर बढ्दो प्रतिसपर्धाले चुनौति पनि थपिदिएको छ । राम्रो व्यवसायिक ज्ञान लिएर बजार मा जाने हो भने आज सूचना प्रविधि को सिप देश, बिदेश जता पनि बिक्न सक्ने सिप हो र यस्ले बेरोजगारी केहि हदसम्म पक्कै पनि उन्मुलन गर्न सक्छ ज्सतो मलाई लाग्छ त्यसैले। 
अब यो पढेर काम छ या छैन त्यो त तपाँईको सोचाई र भोगाईमा नै भर पर्छ । यहाँसम्म धैर्य गरि पढिदिनुभएकोमा धन्यबाद।

लेखकको परिचय

नामः ई.मोहन कुमार ढकाल
शैक्षिक योग्यताः सफ्टवेयर ईन्जिनियरिङ्गमा स्नातक
कार्यअनुभवः मोबाईल एप डेभलपर,सूचना प्रविधि अधिकृत र हाल कम्पयुटर ईन्जिनियरिङ्ग प्रशीक्षक