Blog Single

तीज गीत प्रतियोगिता संचालन हुने संबन्धमा :

 महिलाहरुको महान पर्व ‘हरितालिका तीज’ को अवसरमा श्री त्रि–शहीद माध्यमिक विद्यालय आन्धीखोला–१, पन्चमूलले तपशिलको मिति, समय र स्थानमा आन्धीखोला गाउँपालिकाका अध्यक्ष श्री सिताराम थापाको प्रमुख आतिथ्यतामा तीज गीत प्रतियोगिता आयोजना गर्ने भएकोले तीज गीत प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सादर अनुरोध गर्दछौं । 


प्रतियोगिताका नियमहरु निम्नानुसार रहनेछन् :

(क) प्रत्येक समूहमा गायक संख्या १० ननाघी ३ जना देखि बढीमा १२ जना सहभागी हुन सक्नेछन् ।
 (ख) प्रतियोगिताको गीत मौलिक नेपाली भाषा भएको हुन अनिवार्य छ ।
 (ग) प्रतियोगितामा समाजका विभिन्न पाटाहरु, शिक्षा, स्वास्थ्य, नारिवादी वेदनाका गीतहरु प्राथमिकतामा पर्नेछन् तथापि सामाजिक उच्च मुल्यका गीतहरुलाई प्राथमिकता दिइनेछ ।
 (घ) गीतको मुल्यांकनतर्फको अंश पनि समूहका सबैको सहभागिता अनिवार्य हुनेछन् साथै विवादास्पद विषयवस्तुमा आधारित सहभागिता स्वयं जिम्मेवार हुनेछ ।
 (ङ) एक समूहले बढीमा १० मिनेटको समय पाउनेछ ।
 (च) मुल्यांकनको आधारहरु सम्बोधन, विषयवस्तु, प्रस्तुतिकरण, नृत्यमा आएको हाउभाउ, भेषभूषा आदि रहनेछन् ।
 (छ) कार्यक्रमको अन्तिम निर्णय आयोजक समिति रहनेछ ।
 (ज) कार्यक्रममा सहभागी हुने समूहले मिति २०८१ भाद्र ७ गते बिहान ९:०० बजे सम्ममा आफ्नो गीत सहित नाम दर्ता गराउनु पर्नेछ ।
 (झ) प्रथम, द्वितीय र तृतीयलाई प्रमाण पत्र सहित उचित पुरस्कारको व्यवस्था गरिनेछ ।

तपशिल :
मिति : २०८१/०५/१०
स्थान : श्री त्रि–शहीद मा.वि. पन्चमूलको विद्यालय प्राङ्गण
समय : बिहान ११:३० बजे ।

Download Notice

2025-08-1912:16:59teej.jpg Download